नियम ३२घ
कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन
(१) शिक्षकको कार्य सम्पादन मूल्याङ्कन वापत देहायको अङ्क दिइनेछः–
(क) सुपरीवेक्षकले दिन सक्ने अधिकतम छ अङ्क,
(ख) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम चार अङ्ग ।
(२) शिक्षकको कार्यसम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछ :-
(क) सुपरीवेक्षक - सम्बन्धित बिद्यालयको प्रधानाध्यापक
(ख।पुनरावलोकन समिति :-
(अ) सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख -सदस्य
(आ)- सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख -सदस्य
(इ) सम्बन्धित विद्यालयको प्रधानाध्यापक -सदस्य
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि: प्रधानाध्यापक, प्रधानाध्यापकसँग समान श्रेणीको शिक्षक र प्रधानाध्यापक भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्यसम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछ
(क). सुपरीवेक्कक -सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख
(ख) पुनरावलोकन समिति :-

(आ) सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख -सदस्य
(इ) विद्यालय व्यबस्थापन समितिको अध्यक्ष -सदस्य
(४) कुनै कारणले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद रिक्त भएमा अध्यक्षको काम गर्ने व्यक्तिले सोही व्यहोरा जनाई पुनरावलोकन समितिको सदस्य भई काम गर्नु पर्नेछ ।
(५) कार्य सम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा यो उपनियम प्रारम्भ भएपछि हुने पहिलो विज्ञापनमा पछिल्लो एक वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको अङ्क हिसाब गरिनेछ र त्यसपछि दोस्रो वर्षमा हुने विज्ञापनमा दुई वर्षको, तेस्रो र चौथो वर्षमा क्रमशः तीन र चार वर्षको औसत अङ्क गणना गरिनेछ ।
(६) कार्य सम्पादन मूल्याङ्कन फारामको खण्ड (घ) गोप्य रुपमा भर्नु पर्नेछ ।
(७) सम्बन्धित शिक्षकले शैक्षिक सत्र शुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याङ्कन फाराममा आफूले भर्नु पर्ने विवरण भरी सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम प्राप्त कार्य सम्पादन मूल्याङ्कन फारम प्राप्त भएमा प्रधानाध्यापक आफैं सुपरीवेक्षक भए पन्ध्र दिनभित्र मूल्याङ्कनका लागि जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ । प्रधानाध्यापक आफू सुपरीवेक्षक नभएमा त्यस्तो फाराम सात दिनभित्र सुपरीवेक्षक समक्ष पठाउनु पर्नेछ ।
(९) पुनरावलोकन समितिले आफू समक्ष प्राप्त भएको कार्य सम्पादन मूल्याङ्कन फाराम शैक्षिक सत्र शुरु भएको मितिले नब्बे दिनभित्र मूल्याङ्कन गरी सक्नु पर्नेछ ।
(९क) यो नियम प्रारम्भ हुँदाका बखत कुनै शिक्षकको कार्यसम्पादन मूल्याङ्कन हुन बाँकी रहेको भए आयोगको. पूर्व स्वीकृति लिई यो उपनियम प्रारम्भ भएको मितिले छ महिना भित्रमा यो नियम प्रारम्भ हुनु अघि कायम रहेको कार्य सम्पादन मूल्याङ्कन बापत पाउने अङ्कको आधारमा मूल्याङ्कन गरी सक्नु पर्नेछ |
(१०) निर्धारित अवधिभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम भरी पेश नगर्ने शिक्षक, समयमा मूल्याङ्कन नगर्ने सुपरीवेक्षक तथा पुनरावलोकन समितिका पदाधिकारीहरू उपर अख्तियारवालाले विभागीय कारबाही गर्नु पर्नेछ ।
तर कावबु बाहिरको परिस्थिति परी निर्धारित अवधिभित्र कार्य सम्पादन मूल्याड्गन फाराम पेश गर्न वा मूल्याङ्कक गर्न नसकिएको कारण खोली सम्बन्धित प्रदेशमा रहेको शिक्षा बिकास निर्देशनालयको निर्देशकलाई जानकारी गराएमा र त्यस्तो कारण मनासिब देखिएमा त्यस्तो निर्देशकले शैक्षिक सत्र शुरु भएको छ महिनाभित्र यस नियमको अधीनमा रही त्यस्तो कार्य सम्पादन मूल्याङ्कक फाराम पेश गर्न लगाउन -वा कार्य सम्पादन मूल्याङ्कन गर्न वा गराउन सक्नेछ ।
(११) एक शैक्षिक सत्रभन्दा लामो अवधि विदा वा काजमा बस्ने शिक्षकको कार्य सम्पादन मूल्याङ्कन निज विद्यालयमा कार्यरत रहँदाको पहिल्लो शैक्षिक सत्रमा पाएको अङ्क बराबर हुने गरी गणना गरिनेछ ।
(१२) पुनरावलोकन समितिबाट कार्य सम्पादन मूल्याङ्कन भईसकेपछि सम्बन्धित शिक्षकले निजले प्राप्त गरेको कार्य सम्पादन मूल्याङ्कनको वापतको अङ्क हेर्न निवेदन दिएमा जिल्ला शिक्षा अधिकारीले निजलाई त्यस्तो अङ्कबारे जानकारी दिनु पर्नेछ ।
तर पुनरावलोकन समितिले दिएको अङ्क जानकारी दिइने छैन ।
(१३) कुनै शिक्षकलाई सुपरीवेक्षकले गरेको मूल्याङ्कनमा चित्त नबुझेमा उपनियम (१२) बमोजिम जानकारी पाएको मितिले सात दिनभित्र चित्त नबुझ्नुको ठोस आधार र कारण सहित त्यस्तो शिक्षकले सम्बन्धित प्रदेशमा रहेको शिक्षा बिकास निर्देशनालयको: निर्देशक समक्ष उजूरी दिन सक्नेछ ।
(१४) उपनियम (१३) बमोजिम उज्री प्राप्त भएमा त्यस्तो उज्री प्राप्त भएको मितिले एक महिनाभित्र सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशकले त्यस्तो उज्रीमा आवश्यक छानबीन: गर्नेछ र उज्री छानबीन गर्दा उजूरी सनासिब देखिएमा सम्बन्धित सुपरीवेक्षक र पुनरावलोकन समितिका सदस्यसँग समेत परामर्श गरी त्यस्तो कार्यसम्पादन मूल्याङ्कन फाराममा प्राप्त अङ्ग संशोधन गर्न सक्नेछ ।